नेभिगेशन
नेपाल प्रहरी

सुर्खेत प्रहरीले भन्यो- लाखे जात्रामा जोखिमपूर्ण हातहतियार प्रदर्शन नगर्नुहोला

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लाखे जात्रा मनाउने क्रममा जोखिमपूर्ण हातहतियार प्रदर्शन गर्नमा रोक लगाएको छ। 

सुर्खेत प्रहरीले एक सूचना जारी धार्मिक आस्थाको रुपमा रहेको लाखे जात्रा मनाउने क्रममा विगतका वर्षका घटना विश्लेषण गर्दा जात्रामा प्रर्दशन भएका भाला, तरबार, खुकुरी लगायत जोखिम हातहतियार प्रर्दशन गर्दा विभिन्न किसिमका घटना हुँदा अब लाखे जात्रामा त्यस्ता जोखिम हतियार प्रदर्शन नगर्न सम्बन्धित सबैमा आग्रह गरेको हो।

सुर्खेत प्रहरीले भनेको छ-" शान्ति सुरक्षामा असर पुगी सुरक्षा चुनौती थपिने तथ्यलाई मध्यनजर गरी लाखे जात्राका आयोजकसंगको छलफलमा यस वर्ष सञ्चालन हुने लाखे जात्रामा जोखिम हतियार (खुकुरी, भाला, तरबार) को सट्टा सांकेतिक (काठको नक्कली) भाला, तरबार प्रयोग गर्ने प्रतिवद्धता कायम भएकोले लाखे जात्राका आयोजक, प्रर्दशक, जात्रासंग सरोकार र सहभागी हुने सम्पुर्णमा लाखे जात्रा अवधिभर जोखिम हातहतियार खुकुरी, भाला, तरबार लगायत घरेलु हतियार प्रयोग गर्न पुर्ण रुपमा निषेध गरिएको व्यहोरा जानकारीको लागि हार्दिक अनुरोध छ ।"

सूचनालाई अटेरी गरी निषेध गरिएका हतियार प्रदर्शन गरिएको पाइए कडा कारबाहीको दायरामा ल्याइने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

जारी सूचना-

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्