नेभिगेशन
नेपाल प्रहरी

साढे १५ ग्राम बढी खैरो हेरोइनसहित हेम र महेश लागूऔषध ब्यूरोको नियन्त्रणमा 

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ठुलो परिमाणमा खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको टोली  भीमदत्त नगरपालिका–१० बाट १५.६७० ग्राम खैरो हेरोइन पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ वाणीका ३१ वर्षीय हेमराज जोशी र भीमदत्त नगरपालिका–६ ऐठपुरका ४२ वर्षीय महेशप्रसाद भट्ट रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट उक्त परिमाणको खैरो हेरोइन, सुदूरपश्चिम प्रदेश ०१–००८ प ६३४३ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्