नेभिगेशन
अपराध

टीकापुरको होटलमा विमलमाथि खुँडा प्रहार, नेपालगञ्जमा उपचार हुँदै

टीकापुर।  कैलालीको टीकापुरमा एक युवकमाथि खुँडा प्रहार भएको छ।प्रहरीका अनुसार टीकापुर नगरपालिका–७ बेलुवास्थित एक होटलमा सोमबार राति घोडाघोडी नगरपालिका–९ का १८ वर्षीय विमल साउदमाथि खुँडा प्रहार भएको हो। 

खुँडा आक्रमणमा विमल घाइते भएको प्रहरीले जनाएको छ। 

कैलाली प्रहरीका अनुसार मोटरसाइकलमा आएका केही व्यक्तिले विमलमाथि खुँडा प्रहार गरेका थिए। घटनामा उनको दाहिने हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। आक्रमणमा घाइते भएका विमललाई उपचारका लागि नेपालगञ्ज लगिएको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न नसकेको जनाउँदै उनीहरूको खोजी भइरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्