नेभिगेशन
नेपाल प्रहरी

बैंकको पौने ३ करोड बढी जुवामा लगाउने शाखा प्रमुखसहित ४ कर्मचारी पक्राउ

काठमाडौं । बैंकको पौने ३ करोड रुपैयाँ बढी जुवामा लगाइ हिनामिना गरेको आरोपमा दार्चुलाको महालक्ष्मी बिकास बैंक शाखा कार्यालय गोकुलेश्वरका तत्कालिन शाखा प्रमुखसहित चार जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोकुलेश्वरका शाखा प्रबन्धक ३५ बर्षीय सागर शाही, कर्जा बिभागमा कार्यरत ३१ बर्षीय धनन्जय पन्त, नगद बिभागमा कार्यरत २९ बर्षीया निर्मला साउद र ग्राहक साहेता कक्षमा कार्यरत २८ बर्षीय अम्बादत्त पन्त छन् । महालक्ष्मी विकास बैंकको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरका यि निलम्बित कर्मचारीहरु साउन २४ गते पक्राउ परेका हुन।

दार्चुला प्रहरीका अनुसार  उनीहरुले २ करोड ८४ लाख रुपैयाँ हिनामिना गरेको महालक्ष्मी बैंकको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

चार जनाले मिलेर बैंकको ‘संचिती रकम’ २  करोड ८४ लाख ७६ हजार सात सय दुई रुपैंया हिनामिना गरेको जाहेरीमा उल्लेख छ ।

तत्कालिन शाखा प्रबन्धक शाहीसहितका कर्मचारीले बैंकको (भल्टमा राखिएको) इन्सोरेन्स लगायतको निश्चित संचिती रकम हिनामिना गरेको बैंकले जाहेरीमा उल्लेख गरेको छ ।

पक्राउ परेका तत्कालिन शाखा प्रमुख शाहीसहित चार जनालाई तत्काल प्रहरीले बैंकिङ कसुर सम्बन्धि मुद्दा दायर गर्ने गरि अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ ।

जिल्ला अदालतले साउन २५ गते ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमती प्रदान गरेको छ ।महालक्ष्मी बैंकका सूचना अधिकारी अनुज आचार्यले बैंकको शाखाका केही निश्चित कर्मचारीको बदमासी गरेको बताए । 

प्रारम्भीक अनुसन्धानबाट ठूलो धनराषी तत्कालिन शाखा प्रमुख शाहीसहितका कर्मचारीले अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा लगाएको खुलेको आचार्यले जानकारी दिए ।नेपालमा वान एक्स बेट बर्जित रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्