नेभिगेशन
नेपाल प्रहरी

१२ वर्षीया बालिकासहित ३ जनालाई बलात्कार गरेको आरोपमा ३ युवक पक्राउ

काठमाडौं ।  प्रहरीले बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ सिम्लेका ३० वर्षीय बुद्ध लामालाई पक्राउ गरेको छ ।

बुद्धले ती बालिकालाई बलात्कारगरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यसैगरी सुर्खेतमा २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा विरेन्द्रनगर नगरपालिका-५ बस्ने ३२ वर्षीय महेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको छ । महेन्द्रले ती महिलालाई बलात्कार गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैगरी सुर्खेतबलात्कार  २७ वर्षीया महिलालाई  करणी गरेको आरोपमा  विरेन्द्रनगर नगरपालिका-१ सोलिघोप्टे बस्ने २३ वर्षीय सुरेश कुमार आचार्यलाई  प्रहरीले पक्राउ गरेको हो। सुरेशले ती महिलालाई बलात्कार गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाविरुद्ध सम्बन्धित प्रहरीले कार्यालय म्याद थप गरेर  आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्