नेभिगेशन
नेपाल प्रहरी

२४ घण्टा नबित्दै चोरी भएको मोटरसाइकल फेला पारी सवारी धनीलाई बुझायो सुर्खेत प्रहरीले

सुर्खेत । सुर्खेत प्रहरीले २४ घण्टा नबित्दै चोरी भएको मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ।

शुक्रबार पल्सर मोटरसाइकल चोरी भएको निवेदन परे आए पश्चात् तत्काल  जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोली खोजतलासमा जुटेको थियो।

मोटरसाइकल खोजी गर्ने क्रममा प्रहरीले क-प्र-०२-००१ प ६००४ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल आज बिहान  बजार नजिक फेला पारेको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ।

फेला पारिएको उक्त मोटरसाइकलको आबश्यक कागजात जाँच गरेर सम्बन्धित मोटरसाइकल धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

 

 

.

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्