नेभिगेशन
नेपाल प्रहरी

काठमाडौंको होटेलमा श्रीमतीको हत्या गरेर भागेका सन्तोष पर्साबाट अपराध अनुसन्धानको नियन्त्रणमा

काठमाडौं । काठमाडौंमा श्रीमतीको हत्या गरेर भागेका एक युवकलाई प्रहरीले पर्साबाट पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरी रहेको प्रहरीले जानकारी दिएको छ।

सन्तोषले काठमाडौँ महानगरपालिका-२६ मा रहेको गोङ्गबुको कञ्चन कोशी होटल एन्ड लजमा साउन २७ गते २७ वर्षीया श्रीमती ललिता विककोको हत्या गरेर भागेका थिए । हत्या गरेर भागेका सन्तोषलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकको टोलीले पर्साबाट पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-२ मा बस्दै आएका सन्तोषले श्रीमतीलाई ‘घुम्न जाऊँ’ भन्दै उक्त  लजमा लिएर हत्या गरेर ललिताको शवलाई लजको कोठामा तहेको बक्स पलङ भित्र लुकाएर लजबाट बाहिरिएका थिए।

सन्तोषले श्रीमतीको हत्या घटना ढाकछेप गर्न साउन २८ प्रहरी वृत्त महाराजगन्जमा श्रीमती हराएको निवेदन दर्ता गराएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

साउन ३० गते राति लजको बकस पलङ भित्र ललिताको शव भेटिएपछि पक्राउ पर्ने डरले सन्तोष भागेर पर्सा पुगेका थिए। विशेष सूचना पाएर गएको अपराध अनुसन्धान कार्यालयको टोलीले सन्तोषलाइ पर्साबाट पक्राउ गरेर काठमाडौं ल्याउन लगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्