नेभिगेशन
नेपाल प्रहरी

कलेज अगाडि एक युवकको छुरा प्रहार गरी हत्या, २० वर्षीय युवक प्रहरीको नियन्त्रणमा

काठमाडौं ।  रौतहटको गौरी शंकर क्याम्पस नजिक सामान्य विवाद  एक युवकको छुरा प्रहारबाट  मृत्यु भएको छ।

आज दिउँसो जिल्लास्थित गौर नगरपालिका- ५ गौरीशंकर क्याम्पस नजिक यमुनामाइ गाउँपालिका-५ २१ वर्षीय सहाबुद्दिन मियाको छुरा प्रहार भएको रौतहट प्रहरीले जानकारी दिएको छ।छुरा प्रहारबाट गम्भीर घाइते भएका युवक सहाबुद्दिनलाई उपचारका लागि प्रादेशिक अस्पताल लैजामे क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीले छुरा प्रहार गरि हत्या गरेको आरोपमा गौर नगरपालिका-३ का २० वर्षीय सनोज रामलाई पक्राउ गरेको छ। 

पक्राउ परेका रामलाई जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्