नेभिगेशन
नेपाल प्रहरी

लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी, चार जना पक्राउ

सुर्खेत । लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी समाबेश भएको फेला पारिएको छ।  सुर्खेतको वीरेन्द्रनगर-७ स्थित लोकसेवा आयोग सुर्खेत कार्यालयमा सञ्चालित सञ्चार / इन्जिनियर प्राविधिक प्रहरी जवान परीक्षामा नक्कली परीक्षार्थीहरू पक्राउ परेको सुर्खेत प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार नागरिकता र प्रवेश पत्रमा फोटो बदली गरेर सट्टामा परीक्षा दिन आएका ४ जना नक्कली परीक्षार्थीमध्ये दुई जनालाई प्रहरीले तत्काल नियन्त्रणमा लिन सफल भएको हो।

पक्राउ पर्नेहरूमा जाजरकोट छेडागाड -१२ बस्ने धर्मराज चनराको सट्टामा परीक्षा दिन आएका कुशे गाउँपालिका-७ सामाकोट बस्ने २५ वर्षीय श्याम शङ्कर सिंह र दैलेख भगवतीमाई गाउँपालिका-५ बस्ने सुशील शाहीको सट्टामा परीक्षा दिन आएका, सोही गाउँपालिका-७ ७ बस्ने २० वर्षीय भरत तिरुवा रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरूमाथि लिखत तथा किर्ते कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरी टोलीले नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले  जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्