नेभिगेशन
नेपाल प्रहरी

हुण्डी कारोबारको १४ लाख नगदसहित दुई जना पक्राउ, दुई वटा मोटरसाइकल पनि बरामद

काठमाडौं । प्रहरीले श्रोत नखुलेको १४ लाख रुपैयाँ बढी नगदसहित दुई जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले हुण्डी कारोबारको अवैध १४ लाख १३ हजार ५ सय रुपैयाँसहित वीरगन्ज महानगरपालिका-२ का संजयकुमार साह र बारा महागढीमाई नगरपालिकाका शनिकुमार ठाकुरलाई पक्राउ गरेको हो।

श्रोत नखुलेको ठुलो मात्रामा रकम बोकेर दुई जना हिडिरहेको विशेष सूचना पाएर गएको प्रहरी टोलीले उनीहरुलाई वीरगन्जको इदगाहचोकबाट गरेको हो । प्रहरीले  बीआर ०५ एबी ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरको दुईवटा मोटरसाइकलस बरामद गरेको जानकारी दिएको छ । 

उनीहरुको साथबाट प्रहरीले मोटरसाइकलमा फल्स सिलिङ बनाइ लुकाइछिपाइ ल्याउँदै गरेको १ हजार दरका १० लाख र ५ सय दरका ४ लाख १३ हजार रुपैयाँ फेला परेको हो।

प्रहरीले उनीहरुलाई थप अनुसन्धानका लागि आजै अदालत लगेर म्याद थप गर्ने तयारी भएको पर्सा प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्