नेभिगेशन
सुरक्षा विशेष

भोलि सार्वजनिक बिदा भएतापनि जिल्ला प्रशासन कार्यालय बाँकेबाट पाइनेछ यी सेवाहरु: प्रजिअ जोशी

बाँके भोलि  बाँकेमा सार्वजनिक बिदा दिइएको भएता पनि जिल्ला प्रशासन कार्यालय बाँकेबाट केही अति महत्त्वपूर्ण कार्य नियमित कार्यालय समयमा सुचारु नै हुने भएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले शुक्रबार  एक सूचना जारी गर्दै लुम्बिनी प्रदेश सरकारले भोलि आइतबार (भदौ ८ गते) बडका अटवारी पर्वका अवसरमा बाँकेमा पनि सार्वजनिक बिदा दिएता पनि ४ वटा महत्त्वपूर्ण कार्यलाई सुचारु राख्ने बताएका छन् ।

प्रजिअ जोशीका अनुसार भोलि पनि जिल्ला प्रशासन कार्यालय बाँकेबाट नियमित जारी हुने नयाँ नागरिकता वितरण, नागरिकता प्रतिलिपि, राहदानी र राष्ट्रिय परिचय-पत्र सम्बन्धी सेवा रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले वि.सं. २०८२ सालमा पर्बे सार्वजनिक बिदाका दिन पनि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवालाई सुचारु गरिने यसअघि नै जनाइसकेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्