नेभिगेशन
नेपाल प्रहरी

डीआईजी विक जब आफैं पुगे सार्वजनिक यातायात चेकिङमा...

कैलाली । सुदूरपश्चिम प्रदेशका डीआईजी डम्बरबहादुर विकले सार्वजनिक यातायातमै पुगेर अनुगमन तथा चेकजाँच गरेका छन् । यात्रु बोक्ने सार्वजनिक यातायातले नियम पालना गरे नगरेको बुझ्न डीआईजी विक आफैं चेकजाँचमा पुगेका हुन् ।

डीआईजी विक कैलालीस्थित अत्तरीया बसपार्क पुगेर शुक्रबार छोटो र लामो दूरीका सार्वजनिक यातायातमै पुगेर यात्रुहरुसँग सवारी साधनका कर्मचारीले गर्ने व्यवहारका बारेमा जानकारी लिएका थिए। 

त्यस चेकजाँचका क्रममा डीआईजी विकले सार्वजनिक सवारी साधनमा महिला र बृद्धबृद्धाका लागि अनिवार्य  आरक्षण रुपमा छुट्याइएका सिट सम्बन्धितलाई बसाउन आग्रह गरिएको बताइएको छ। 

डीआईजी विकले सार्वजनिक यातायात चढेका आमनागरिकलाई यदी कुनै गलत तवर कार्य गरेको भए तत्काल ट्राफिक प्रहरी तथा प्रहरी कार्यालयमा उजुरी गर्न आग्रह गरेका हुन् ।

डीआईजी विकसँगै चेकजाँच तथा अनुगमनमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुदूर पश्चिम प्रमुख एसपी प्रेम शाही, सम्बन्धित प्रहरी कार्यालयका प्रमुखहरु, यातायात व्यवस्था कार्यालय कैलालीका अधिकृत,राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, अत्तरिया उद्योग वाणिज्य संघका पदाधिकारी, पत्रकार, विभिन्न यातायात व्यवसायी र स्थानीयको समेत उपस्थिती रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्