नेभिगेशन
सुरक्षा विशेष

स्वास्थ्यमा गम्भीर असर पार्ने रङ्ग मिसाएर बिरयानी खुवाउने नेपालगन्जका उमरलाई ६ महिना जेल

नेपालगन्ज। स्वास्थ्यमा गम्भीर असर पार्ने रङ्ग मिसाएर उपभोक्तामाथि अपराध गरेको भन्दै एक जना व्यवसायीलाई कैद सजायको फैसला भएको छ।

बिरयानी, कवाब र शोर्मा लगायतका खाने कुरामा अखाद्य हानिकारक कोलटार रङ्ग मिसाउने तथा फोहोर ठाउँमा मासु भण्डारण गर्ने गरेको भन्दै होटल व्यवसायी मोहम्मद उमरलाई बाँके जिल्ला अदालतले १ लाख रुपैयाँ जरिवाना र ६ महिनाको कैद सजाय सुनाएको हो।

गत वर्ष २०८१ जेठ ५ गते बिसमिल्ला होटलका सञ्चालक मोहम्मद उमर साइ विरुद्द बाँके जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्ज बाँकेले नेपालगन्ज उप-महानगरपालिका वडा नं.११ स्थित बिसमिल्ला होटलका सञ्चालक साइविरुद्द मुद्दा दायर गरेको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज( खाद्य निरीक्षक रामहरि लामिछानेद्धारा दायर मुद्दामा जिल्ला अदालत बाँकेका न्यायधीश केशवराज चपाईको ईजलाशले फैसला सुनाउँदै प्रतिवादीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४२ ( १) (ख) बमोजिम ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको हो ।

सो होटलको स्थलगत अनुगमन निरीक्षण गर्दा बिरयानी पकाउने ठाउँ खुला रहेको, शौचालयसँग जोडिएको, अत्यधिक फोहोर अवस्था रहेको, झिङ्गा भन्केको पाइएको, फ्रिजमा अत्यन्त फोहोर (दूषित) अवस्थामा मासु भण्डारण गरेको, प्लाष्टिकका भाडामा खानेकुरा (प्याज, राइता, ब्रेडक्रम, चिकन) भण्डारण गरेको, पकाएर खाने खाना बिरयानी र कवाफमा कोरटार रङको प्रयोग गरेको पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

उनीहरूका लागि रात र दिनको खासै अर्थ हुँदैन। उनीहरूको एउटै उद्देश्य हुन्छ—सीमा सुरक्षित राख्ने, ताकि राष्ट्र निश्चिन्त भएर निदाउन सकोस्।