काठमाडौँ । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बालनरसिंह राणालाई फिर्ता बोलाएको छ । प्रहरी प्रधान कार्यालयले राणालाई बुधवार राति ९ बजे फिर्ता बोलाउने निर्णय गरेको थियो।
प्रहरी प्रधान कार्यालयले राणालाई कैलालीबाट फिर्ता बोलाएर उपत्यका प्रहरी कार्यालयमा काज सरुवा गरेको हो। उनको स्थानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा रहेका एसपी नरेन्द्र चन्दलाई पठाइएको छ ।
गत साउन २३ मा जिल्ला कारागार कैलालीमा झडप हुँदा एक जना कैदीको मृत्यु भएको थियो । सो घटनामा सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै गृह मन्त्रालयले तत्कालीन प्रजिअ गोगनबहादुर हमाललाई जिम्मेवारीबाट हटाएको थियो ।
हमाललाई साउन २८ मा हमाललाई हटाएर गृह मन्त्रालयले कृष्णप्रसाद लम्साललाई कैलालीको प्रजिअ बनाएर पठाएको थियो ।