नेभिगेशन
सुरक्षा अपडेट

रोकिराखेको बसमा स्कुटर ठोक्किँदा स्कुटर सवार दुई जनाको मृत्यु

काठमाडौं । रोकिराखेको बसमा स्कुटर ठोक्किँदा स्कुटर सवार दुई जनाको मृत्यु भएको छ।

काठमाडौंको जडिबुटीस्थित आकाशे पुल नजिकै आज बिहानै साढे २ बजे  लु ४३ प ४९३८ नम्बरको स्कुटर सडक किनारमा रोकिराखेको बा प्र०१–००६ ख ४२४३ नम्बरको बसमा ठोक्किँएको प्रहरीले जानकारी दिएको छ।

काठमाडौं प्रहरीक अनुसार मृत्यु हुनेमा नवलपरासीका २२ वर्षीय शिरिस पौडेल र काभ्रेका २३ वर्षीय नितेश नेपाल रहेका छन्।

बसमा स्कुटर  ठोक्किँएर गम्भीर घाइते भएका दुबैजनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्