नेभिगेशन
नेपाल प्रहरी

सुर्खेतमा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ

सुर्खेत। सुर्खेतमा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका-१२ बस्ने २८ वर्षीय कमल रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

रेग्मीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मंगलबार पक्राउ परेका रेग्मीविरुद्ध जबरजस्ती करणी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको सुर्खेत प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्