नेभिगेशन
नेपाल प्रहरी

होटेलको जुवाखालबाट जुवा संचालकसहित ९ जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले होटेलमा संचालन गरेको जुवाखालबाट ९ जनालाई पक्राउ गरेको छ। 

पोखरा महानगरपालिका-२५ हेम्जा सुन्दरपुरी चोकस्थित म्याग्दी मालिका गाउँपालिका-५ घर भएका ३३ वर्षीय धिरेन पूर्जाले संचालन गरेको होटल म्याग्दीको जुवाखालबाट ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

कास्की प्रहरीका अनुसार जुवाखाल संचालन गरेका धिरेनसहित ९ जनालाई पक्राउ गर्दै ८५ हजार ७ सय ९० रूपैयाँ र ४ बुक तास गरिएको हो।

यस सम्बन्धमा कास्की प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्