नेभिगेशन
सुरक्षा विशेष

भीमफेदी जेलबाट भागेका १२३ कैदी पक्राउ पर्दा ३१७ अझै फरार

काठमाडौं । प्रदर्शनको मैका छोपेर मकवानपुरको भीमफेदी जेलबाट भागेका ४ सय ४० जना कैदीबन्दी मध्ये १२३ जना पक्राउ परेका छन्  ।

जेलमा रहेका कुल १ हजार ६६ जना कैदीबन्दी मध्ये भदौ २५ गते बिहान ४सय ४० जना भाग्न सफल भएका थिए । 

भागेकामध्ये हालसम्म १२३ जनालाई पुनः पक्राउ गरिएको भीमफेदी जेल प्रशासनले जानकारी दिएको छ। जेल प्रशासनले दिएको जानकारी अनुसार अझै पनि ३१७ जना कैदीबन्दी फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको छ।

भीमफेदी जेल प्रशासनका अनुसार हाल जेलमा  जम्मा ७ सय ९७ जना कैदीबन्दी रहेका छन्। जसमा अन्य जेलबाट भागेर पक्राउ परेका ४८ जना समेत समावेश रहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"