नेभिगेशन
सुरक्षा विशेष

आन्तरिक राजस्व नेपालगन्जले भन्यो-लूटिएका सामान फिर्ता गर्नुहोस्,केन्द्रको फुटेजमा सबै भिडिओ सुरक्षित छन्

नेपालगन्ज । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले जेन-जी आन्दोलनका क्रममा लुटपाट भएका सामान तत्काल फिर्ता गर्न आह्वान गरेको छ । 

भदौ २४ गते दिउँसो जेन-जी आन्दोलनका क्रममा कार्यालयभित्र र बाहिरका सिसीटिभी क्यामेरा तोडफोड र आगजनी गरेर लुटपाट गरिए पनि सबै दृश्य तथा भिडिओ केन्द्रको सर्भरमा सुरक्षित रहेको आन्तरिक राजस्व कार्यालय नेपालगन्जले जानकारी दिएको छ।

राजस्व कार्यालय नेपालगन्जले लूटपाटमा कैद भएका दृश्य सुरक्षा निकायलाई उपलब्ध गराइसकेको बताउँदै तत्काल लुटिएका सामाग्री फिर्ता गर्न आग्रह गरेको छ। यदि अटेर गरे प्रमाणका आधारमा कारबाही हुने समेत बताइएको छ।

आन्तरिक राजस्व नेपालगन्ज भन्छ-'२०८२ भदौ २३ र २४ गतेको जे-नजी आन्दोलनको क्रममा २४ गते दिउँसो र राती आन्तरिक राजस्व  कार्यालयमा नेपालगन्जमा भएको आगजनी, लुटपाट तथा विध्वसांत्मक क्रियाकलापबाट राजस्व कार्यालय नेपालगन्जका मेसिनरी औजार लगायतका जिन्सी सामग्रीहरु र कार्यालयको भौतिक पूर्वाधार, महत्वपूर्ण दस्तावेजरकागजात अभिलेखहरुको चोरी, लुटपाट तथा आगजनी भएको  भिडियो आन्तरिक राजस्व कार्यालयको केन्द्रिय बिभागमा फुटेज तथा फोटोहरु सुरक्षित रहेका छन् । त्यस्तै कार्यालयमा तथा अनुसन्धान गर्ने सुरक्षा  निकायहरुमा उक्त प्रमाण दिइसकेको हुँदा त्यस्ता अवान्छित चोरी तथा लुटपाटका गतिविधिमा संलग्न व्यक्तिहरु भविष्यमा कानुनी कारवाहीको दायरामा आउने निश्चित रहेको छ । अतः लुटपाट गरिएका सामग्रीहरु बजारमा बेचविखन विक्रि भइरहेको अपुष्ट सूचनाहरु समेत आइरहेको हुँदा सम्बन्धित व्यक्तिले लुटपाट गरेका सामग्रीहरु तत्काल फिर्ता गर्नुहुन एंव लुटपाट भएका सामग्रीहरुको खरिद विक्रि एंव संचय समेत नगर्नु नगराउनु हुन सम्बन्धित सबैमा आह्वान गरिन्छ ।"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्