नेभिगेशन
नेपाल प्रहरी

श्रोत नखुलेको साढे ७ लाख बढी नगदसहित कोहलपुरबाट तीन जना पक्राउ

बाँके। बाँकेको कोहलपुरस्थित सालको बुटाबाट श्रोत नखुलेको साढे लाख बढी नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर नगरपालिका-२ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार नगदसहित  कोहलपुर नगरपालिका-५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगन्ज उपमहानगरपालिका-१८ कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्रालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। 

बाँके प्रहरीका अनुसार  इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले बा८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ परेका उनीहरुसँग थप आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्