नेभिगेशन
नेपाल प्रहरी

आन्दोलनमा मृत्युवरण गरेका प्रहरीका परिवारलाई जनही १० लाख उपलब्ध गराउने प्रहरी प्रधान कार्यालयको निर्णय

काठमाडौं । जेन-जी आन्दोलनमा कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई प्रति परिवार जनही १० लाख रुपैयाँ उपलब्ध गराइने भएको छ।

प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै २०८२ भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षक देखि प्रहरी निरीक्षक सम्मको तलब कट्टा गरी प्रति परिवार जनही १० लाख  उपलब्ध गराउने निर्णय भएको जनाएको छ।

प्रहरी प्रधान कार्यालयले राज्य कोषलाई भार नपार्ने गरी देशभरमा कार्यरत रहेका प्रहरी निरीक्षकदेखि प्रहरी प्रमुखसम्मको तलब कट्टा गरी मृतक प्रहरीका प्रति परिवारलाई १० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेसँगै देशभरमा प्रहरीको ठुलो प्रशंसा भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्