नेभिगेशन
सुरक्षा विशेष

जेल तोडेर भाग्ने क्रममा गोली लागेर मृत्यु भएका यी हुन् १० कैदीबन्दी

काठमाडौँ । कारागारबाट भाग्ने क्रममा सुरक्षाकर्मीको गोली लागेर १० जना कैदीबन्दीको मृत्यु भएको छ। जेन-जी आन्दोलनका क्रममा जेल तोडेर भाग्ने क्रममा सुरक्षाकर्मीको गोली लागेर बाँकेस्थित नौबस्ता बाल सुधारगृहबाट ५ , काभ्रे र धादिङ कारागारबाट क्रमश:३ र २ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार नौबस्ता बाल सुधारगृहबाट भाग्ने क्रममा अछाम घर भएका २१ वर्षीय उमेश विष्ट, दाङ घर भएका २० वर्षीय दिनेश घर्तिमगर, बाँकेका २० वर्षीय समीर थापा, कैलाली घर भएका १९ वर्षीय जगत देउवा र दैलेख घर भएका २१ वर्षीय भूपेन्द्र खत्रीको गोली लागेर मृत्यु भएको हो।

त्यसैगरि रामेछाप कारागार तोडेर भाग्ने क्रममा मोरङ घर भएका ५१ वर्षीय राजकिशोर यादव, धनुषाका ५८ वर्षीय बिरु धोबी र धनुषाकै ४० वर्षीय मनोज महतोको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

जेन-जी आन्दोलनको मौका छोपेर धादिङ कारागारबाट भाग्ने क्रममा सेनाले चलाएको गोली लागेर धादिङको बेनिघाट घर भएका ६१ वर्षीय जित बहादुर घले र पूर्व नवलपरासीका ३६ वर्षीय इन्द्र बहादुर डालाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्