नेभिगेशन
नेपाल प्रहरी

लागुऔषधसहित बर्दिया र कपिलवस्तुबाट ४ कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौं ।  लागुऔषधसहित लुम्बिनी प्रदेशका तीन जिल्लाबाट प्रहरीले ४ जना कारोबारीलाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीले बर्दियाको बाँसगढी नगरपालिका-१ चेपाङ रत्नराजमार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय २० ट्याब्लेट सहित जुम्लाको चन्दनाथ नगरपालिका-६ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई गरेको हो । उनीहरुलाई प्रहरी चौकी चेपाङबाट खटिएको टोलीले उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

त्यसैगरी कपिलवस्तुको कपिलवस्तु नगरपालिका-११ अदौराकोटबाट २ ग्राम १ सय मिलिग्राम ब्राउनसुगर सहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ अदौरा बस्ने २३ वर्षीय प्रभाकर धोबी र बाणगंगा नगरपालिका-११ बरहवा बस्ने १९ वर्षीय सागर पासी रहेका छन् । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले प्रभाकरलाई ५ सय ३० मिलिग्राम र सागरलाई १ ग्राम ५ सय ७० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

लागुऔषध पक्राउ परेका उनीहरुविरुद्ध सम्बन्धित प्रहरी कार्यालयले थप आबश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्