नेभिगेशन
नेपाल प्रहरी

बुटवल तालिम केन्द्रमा कार्यरत बाँके घर भएका प्रहरी जवान चौधरी झुन्डिएको अवस्थामा मृत भेटिए

बुटवल । प्रहरी तालिम केन्द्र बुटवलमा कार्यरत प्रहरी जवान तालिम केन्द्र परिसरमै मृत भेटिएका छन्।बाँकेको राप्तिसोनारी गाउँपालिका- ३  घर भएका २४ वर्षीय प्रहरी जवान श्याम चौधरी प्रहरी तालिम केन्द्रमा कार्यरत २४ वर्षीय श्याम चौधरी रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

प्रहरी स्रोतका अनुसार प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत चौधरी तालिम केन्द्रको उत्तर पूर्वी कुनामा रहेको बहुउद्देश्यीय भवनको पछाडिको भागमा रहेको रुखमा झुन्डिएको अवस्थामा शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

रुपन्देही प्रहरीका अनुसार शुक्रबार तालिम केन्द्रमै राति ड्युटी गरेका चौधरी शनिबार बिहान तालिम केन्द्रकै खेलमैदानको छेवैमा रहेको रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए।

उनको रातिको ड्युटी थियो कति बेला आत्महत्या गरे भन्ने यकिन भएन तर, बिहानपख तन्नाको पासो बनाएर रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको  प्रहरी जनाएको छ।

बाँकेबाट मृतक जवान चौधरीका परिवारका सदस्यहरू बुटवल आएपछि शनिबार साँझ लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमर्टम गरी शवलाई परिवारको जिम्मा लगाइएको रुपन्देही प्रहरीले  जानकारी दिएको छ।

२०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका चौधरी बुटवलकै प्रहरी तालिम केन्द्रमै आधारभूत तालिम लिएका उनको तालिम सकिएपछि बुटवल  प्रहरी तालिम केन्द्रमै प्रशिक्षकको रूपमा दरबन्दी कायम भएको प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्