नेभिगेशन
सुरक्षा विशेष

नक्खु कारागारबाट भागेका कैदीले गरे आफ्नै श्रीमतीको हत्या

काठमाडौं । जेनजी प्रदर्शनको मौका छोपेर नक्खु कारागारबाट भागेका एक जना कैदीले श्रीमतीको हत्या गरेका छन्।

नक्खु कारागारबाट भागेका काभ्रेको पनौती नगरपालिका-१२ गागलका ३५ वर्षीय सन्तबहादुर तामाङले आफ्नै ३० वर्षीय श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

जबरजस्ती करणी मुद्दामा कारागार चलान भएका सन्तबहादुरले श्रीमतीको हत्या गरेको खबर पाए लगत्तै  इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीका अनुसार मनिषाको घरबाट २ मिटर दुरीमा बारीमा खाल्डो खनेर गाडिएको अवस्थामा शव भेटिएको हो। सन्तबहादुर  भने फरार छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाउँदै फरार रहेका सन्तबहादुरको खोजी सुरु गरेको जनाएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"