नेभिगेशन
सुरक्षा विशेष

सम्पर्कविहीन भएकी १५ वर्षीया छात्रा सितास्मा नेपालगन्जमै फेला

नेपालगन्ज । नेपालगन्जबाट एकाएक सम्पर्कविहीन भएकी  स्कुल गएकी १५ वर्षीया छात्रा फेला परेकी छिन् ।

नेपालगन्ज उपमहानगरपालिका-१८ कारकाँदो बस्ने १५ वर्षीया सितास्मा मल्ल (सिमा) आज बिहान लगदहवास्थित स्कुल गएर नफर्किएर सम्पर्कविहीन भएकी थिइन् । 

दिनभर सम्पर्कविहीन भएकी सितास्मा आज राति ९ बजे नेपालगन्ज बजारस्थित उनकै साथीको घरमा  सितास्मा फेला परेको  पारिवारिक श्रोतले जानकारी दिएको छ।

सितास्माका नातेदार दाजु अजय केसीका अनुसार हामीले सितास्मालाई भर्खरै नेपालगन्ज बजारबाट फेला पारेर घर लिएर आएका छौ। साथीसँगै रहेकी सितास्माले घरमा खबर नगर्दा परिवारमा तनाब उत्पन्न भएको अजयले बताए।

अजयले खोजी कार्यका लागि सहयोग गर्ने सबैमा हार्दिक आभार व्यक्त गरेका छन् ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"