बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मराज जोशी विवादित बन्दै गएका छन् । आफूलाई कुशल प्रशासक ,सर्वेसर्वा ठान्ने र ठुला गफसँगै सीडीओ जोशीले धेरै जसोलाई दुव्र्यवहारको निशाना बनाइसकेका छन। सीडीओ जोशीले विशेष गरी पत्रकारहरुलाई पदको दुरुपयोग गर्दै दुव्र्यवहार गरेका घटना धेरै छन।
तत्कालीन गृहमन्त्री रमेश लेखकको शक्तिको आडमा कर्मचारी सीडीओ खटाउने कार्यविधि '२०७९' लाई लत्याएर एकैपटक जोशीलाई बाँकेको सीडीओ बनाएर पठाएका थिए। हुन त गृहमन्त्री लेखकले आफ्ना निजी सचिव सचिव भएर बसेका जोशीलाई बाँके पठाउनु कुनै नौलो कुरा थिएन। सहसचिवमा नाम निकालेका जोशीलाई एकैपटक गृह मन्त्रालयमा ल्याउँदै तत्कालीन गृहमन्त्री लेखकले कर्मचारी कार्यविधिलाई लत्याएर 'ख' अथवा 'ग' वर्गका जिल्लामा सीडीओ बनाएर पठाइहाले पनि शक्तिको दम्भमा सोझै 'क' वर्गको बाँके जिल्लामा पठाएका थिए। त्यो नियमविपरीत थियो।
तत्कालीन गृहमन्त्रीले जोशीलाई बाँकेको सीडीओ बनाएर पठाउने निर्णय भएपछि त्यस बखत गृह मन्त्रालयमै धेरै टिकाटिप्पणी र विरोध समेत भएको थियो। तर गृहमन्त्रीको खास खम्बा मानिएका जोशी अन्ततः बाँके आइछाडे।
गृह मन्त्रालय श्रोत बताउँछ-"जोशीलाई सीडीओ बनाएर बाँके पठाउने निर्णय नै तत्कालीन गृहमन्त्रीबाट गलत भएको थियो। जोशीलाई सिधै 'क' वर्गको जिल्लामा पठाएपछि गृह मन्त्रालय भित्रै धेरै विरोध समेत भएको थियो तर गृहमन्त्रीका खास जोशीलाई बाँकेको सीडीओ बनाएर पठाएपछि कसैको केहि चलेन।"
बाँकेको जिल्ला प्रशासनको कमाण्ड सम्हाले लगत्तै कर्मचारीलाई खलासी भनेर विवादमा आएका जोशीले निशानामा पत्रकारलाई पारेका थिए। धेरै पत्रकारहरु दुव्र्यवहारको शिकार बन्दै गर्दा हालै मात्र केही दिनअघि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव तथा गोरखापत्रका संवाददाता गोविन्द आचार्य पनि दुव्र्यवहारको शिकार बन्न पुगे।
'जेनजी आन्दोलनमा भदौ २४ गते आगजनी गरिएको जिल्ला प्रशासन कार्यालयको पछिल्लो अवस्थाबारे रिपोर्टिङका क्रममा (तस्बिर लिन खोज्दा' सीडीओ जोशीले पत्रकार आचार्यलाई अनुमति नलिएर किन तस्बिर लिएको भन्दै अस्वभाविक व्यवहार देखाएर दुव्र्यवहार गरेको घटनाले बाँके अहिले सीडीओ जोशीविरुद्ध खनिएको छ। सीडीओ जोशीले स्वतन्त्र पत्रकारितामा अवरोध गरेको उनीहरुले ठहर गर्दै बाँकेका विभिन्न नागरिक संघसंगठनका अगुवा लगायत स्थानीयले समेत चर्को विरोध जनाइसकेका छन् ।

पत्रकार आचार्यको घटना बाहिरिएपछि सामाजिक सन्जालभर आम नागरिकले पनि सीडीओ जोशीविरुद्ध आवाज उठाइरहेका छन् । कसैसँग झुक्दैन र बाँकेबाट जादा बाँकेवासीको मनमा बसेर जाने वचन दिएका जोशीको गैरजिम्मेवार व्यवहार र जिल्ला सुरक्षा कमाण्ड गर्न असक्षम भएको भन्दै अहिले सारा बाँकेवासी र नागरिक अगुवाहरु वाक्कदिक्क भएका छन् ।
शक्तिकेन्द्रको आँडमा नियम मिचाएर सिनियर सहसचिवलाई किनारा लगाइ बाँकेको सीडीओ भएर आएका जोशीका गैरजिम्मेवार कार्यप्रति बाँकेका नागरिक संघसंगठनका अगुवाहरुले ध्यानाकर्षण समेत गराइसकेका छन। वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालको सीडीओ जोशीका त्यस्ता गैर जिम्मेवार कार्यप्रति जाओस् भन्दै गृहमन्त्री मौन बस्नु हुदैन भन्ने माग छ। सर्वत्र विरोध भइरहदा सीडीओ जोशीले कुनै माफी वा आधिकारिक धारणा दिन सकेका छैनन् ।
यता नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय महासचिव पोषण केसीले सीडीओ जोशीको व्यवहार आपत्तिजनक रहेको बताएका छन् । उनले सीडीओ जोशीलाई मुलुकमा लोकतान्त्रिक र गणतान्त्रिक ब्यवस्था छ भन्ने कुरा हेक्का राख्न पनि सुझाएका छन् । उनले भने- "यो लोकतान्त्रिक गणतान्त्रिक ब्यवस्था हो, तपाईं तानाशाह बन्ने सोचबाट मुक्त हुनुहोस् । लोकतन्त्रमा सबै समान हुने भएकाले सबैको आत्मसम्मान र स्वाभिमानलाई सम्मान गर्न सिक्नुहोस् ।"
उनले पत्रकार मात्र नभर जनप्रतिनिधि, दलका नेतृत्व र निजामति कर्मचारीलाई समेत सीडीओले हुर्मत लिने र मानमर्दन गर्ने काम गरेको टिप्पणी गरेका छन् । केसीले भने- लोकतन्त्रमा सबैको आत्मसम्मान र स्वाभिमानलाई सम्मान गर्नुपर्दछ भन्ने सामान्य व्यहोरा समेत ख्याल नगर्ने सिडिओले पत्रकारलाई मात्रै होइन, धेरै जना जनप्रतिनिधि, राजनैतिक दलका नेतृत्व र निजामति कर्मचारीलाई समेत पटक-पटक हुर्मत लिने र मानमर्दन गर्दै आएका छन् । अरूलाई आदर्श र नैतिकताको पाठ सिकाउनेले पहिले आफ्नो अनुहार ऐनामा हेर्दा हुन्छ ।
लेखक गृहमन्त्री भएका बेलामा जोशी केही समय निजी सचिव भएर पनि काम समेत गरेका थिए । निजी सचिव बसेको आशीर्वाद स्वरुप लेखकले जोशीलाई नियम मिचेर बाँकेको सीडीओ बनाएर पठाएका थिए। नियम कानुनको धज्जिँया उडाएर सीडीओ बनेर सुरुसुरुमा त उनको रवाब नै बेग्लै थियो। गृह मन्त्रालय भित्र कयौं सिनियर सहसचिव थन्किएर बसेको अवस्थामा गृहमन्त्री ओमप्रकाश अर्यालले विवादित सीडीओ जोशीको विकल्प खोज्नुपर्ने केसी बताउँछन् ।
'जेनजी आन्दोलनका क्रममा समयमा सुचना प्राप्त भएर पनि सुरक्षा कमाण्ड सम्हाल्न असफल भएका कारण जिल्ला प्रशासन कार्यालय लगायत दर्जन भन्दा बढी सरकारी कार्यालयहरू जलेर ध्वस्त भएका छन। आफूलाई केही नहुने हनुमान जीले बचाउने भन्दै आएका सीडीओ जोशी आन्दोलनकारी प्रशासन कार्यालय पस्दै गरेको सुचना पाएपछि आन्दोलनकारीलाई सम्झाई बुझाई गर्नुको साटो नेपाली सेनाको सहयोगमा चारवाहिनी स्थित आर्मी ब्यारेकमा सुईकुँच्चा ठोकेका थिए।'
प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धि कार्यविधि,२०७९-
सामाजिक सन्जालबाट-