नेभिगेशन
नेपाल प्रहरी

मलद्वारमा राखेर ल्याएको झन्डै १ किलो सुनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले झन्डै १ किलो सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

भारतको मुम्बईबाट इन्डिगो एयरमार्फत् काठमाडौं आएका भारतीय नागरिक ४८ वर्षीय रोनक मदनीलाई ८३५ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले जानकारी दिएको छ।

रोनकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन भन्सार एरियामा जाँच गर्दा उनाको मलद्वारमा कुनै बस्तु रहेको देखिएपछि उनलाई नियन्त्रणमा लिएर केएमसी अस्पतालमा लगेर भिडियो एक्सरे गर्दा मलद्वारबाट ३ वटा डल्ला बस्तुमा रहेको उक्त परिमाणको सुन फेला परेको प्रहरीले जानकारी दिएको छ।

सुनसहित पक्राउ परेका रोनकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्