नेभिगेशन
नेपाल प्रहरी

३२ वर्षीय युवकले चिर्पट हानेर ६८ वर्षीया महिलाको हत्या

काठमाडौं ।  दाउराले चिर्पटले टाउकामा हानेर एक युवकले एक महिलाको हत्या गरेका छन् ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका-१ दहचोकस्थित खहरे थापागाउँमा ६८ वर्षीया पवित्रा केसीको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हत्या आरोपमा पक्राउ पर्नेमा ३२ वर्षीय सरोज थापा रहेका छन् । थापागाउँ घर भएका सरोजले चन्द्रागिरि नगरपालिका-६ चेकपोष्ट महादेवस्थान घर भएर हाल खहरे थापागाउँ माइतीघरमा बसेकी ६८ वर्षीया पवित्रा केसीलाई दाउराको चिर्पटले टाउकामा हानेर  गरेको प्रहरीले जानकारी दिएको छ।

मृतक पवित्राको शवलाई पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ भने घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरीले जनाएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्