नेभिगेशन
नेपाल प्रहरी

बाँके र बर्दियाबाट लागुऔषधसहित ५ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । लागुऔषधविरुद्धको कारबाहीमा प्रहरीले बाँके र बर्दियाबाट ५ जनालाई पक्राउ गरेको छ। प्रहरीले बाँकेको कोहलपुर नगरपालिका-१२ बाट प्रतिवन्धित औषधिसहित दुई जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका-६ गाइडरका १८ वर्षीय किशोर, २५ वर्षीय नारायण खड्का र १९ वर्षीय सुरेन्द्र वली रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई  ट्रामाडोल १४ ट्याब्लेट र नाइट्राजेपाम १८ ट्याब्लेट सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले  लुप्र०-००१ प ४१३९ नम्बरको स्कुटर र बा७६ प ७२० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहबाट ९ ग्राम २० मिलिग्राम ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका-३ लखना बस्ने ३१ वर्षीय शिव प्रसाद थारू, ३० वर्षीया प्रतिभा थारू र ३१ वर्षीया रामरती थारू रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

उनीहरुलाई प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा ब्राउन सुगरसहित पक्राउ गरेको हो । 

छुट्टाछुट्टै जिल्लाबाट बुधबार रातिसम्म पक्राउ परेका उनीहरुविरुद्ध सम्बन्धित प्रहरी कार्यालयले म्याद थप गरेर आबश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्