नेभिगेशन
सुरक्षा विशेष

राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल खुल्छन: गृहमन्त्री

काठमाडौं । राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै प्रकारमा फाइल खुल्ने गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । ती सबै फाइल खोलेर अनुसन्धान अगाडि बढ्ने गृहमन्त्री अर्यालले बताएका हुन।

आज  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालयको निरीक्षणपछि पत्रकारसँग कुराकानी गर्दै गृहमन्त्री अर्यालले सो कुरा बताएका हुन्। 

गृहमन्त्री अर्यालले भने- ‘राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै प्रकारको फाइलको ब्रेक थ्रु हुन्छ। कतिपय ठाउँबाट राजनीतिक कनेक्सनका आधारमा जे कुरा रोकिएका थिए। त्यो हुँदैन अब। यो सरकारको म्यान्डेट नै सुशासन हो। सुशासनविना शान्ति सुरक्षा हुन सक्दैन। शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र सुरक्षा दिन पनि सकिँदैन।'

अर्यालले पहिले राजनीतिक कनेक्सनका आधारमा सुशासनमा आएका अवरोध हटाउन निर्देशन समेत दिइसकेको बताएका छन्। 

केही राजनीतिक कनेक्सनको आधारमा सुशासनमा अवरोध आयो। जसरी कतिपय अपराध अनुसन्धानमा भ्रष्टाचार लगायतका विषयवस्तुमा जुन खालको अवरोध आयो। त्यो अवरोध हामीले हटाउनुपर्छ भन्ने मेरो अपेक्षा बमोजिम निर्देशन दिएको छु,’ उनले भने।

सबै राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइल खोलिएको निर्वाचन बम्नपनि सहज हुने उनको धारण रहेको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"