तुलसीपुर । दाङको तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयमा भर्खरै काज सरुवा भएर आएका नयाँ प्रहरी प्रमुख डीएसपी होमबहादुर पराजुलीले तुलसीपुर र आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षाको लागि इमान्दारिताका साथ प्रयास गर्ने बताएका छन् ।
आज पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा तुलसीपुर क्षेत्रको च्यालेन्जलाई अवशरका रुपमा लिने डीएपी पराजुलीले लिने बताए ।
‘तुलसीपुर दाङको आधा भन्दा बढी क्षेत्राधिकार भएको च्यालेञ्जिङ र पुलिसिङमा एक दमै हबपनि भएको क्षेत्र हो भन्ने सुनेको छु,’ डीएसपी पराजुलीले भने ‘ र हाम्रो यो पुलिस करियरमा जति च्यालेञ्जिङ क्षेत्र हुन्छ त्यो उति नै अवशरका रुपमा लिन गरिन्छ ।’ यो भन्दा पहिलै पुष्पराज मल्लकै पालामा आँफू तुलसीपुर आउन चाहेको भएपनि संभव नभएपनि यतिखेर फेरि पहिले जस्तै निर्वाचन गराउन समयमा आँफू आइपुगेको हुँदा त्यसलाई सफल पारिने उनले बताएका थिए ।
प्रहरीका ब्यारेकहरु जलाइएको,गाडीहरु जलाइएको अहिलेका बिषम परिस्थितिमा सबैको साथ सहयोग आवश्यक रहेको उनले बताए ।
प्रहरी बिनाको राज्य हुन सक्दो रहेन छ भन्ने आँफुहरुले अनुभवपनि गरेको उनले बताए । ‘प्रहरीको बिकल्प प्रहरी नै रहेछ भन्ने हामीलाई पनि थाहाँ भयो,’ डीएसपी पराजुलीले भने ‘ प्रहरीले दुई काठमाडौं लगाएत देशैभर हात खडा गर्दा डिउटीदेखि बिमुख हुँदा देशै खरानी भएको जगजाहेर नै छ ।’उनले प्रहरी पेशा मात्रै नभएर जनताको सेवापनि भएको बताए ।
बिक्रम संवत २०१२ सालमा स्थापना भएको प्रहरी संगठन जस्तो सुकै बिषम परिस्थितिमा पनि पार गर्दै यहाँ सम्म आइपुगेको भन्दै डीएसपी पराजुलीले अहिलेको चुनौतिलाई नयाँ अवसरका साथ अगाडि बढ्ने प्रण गरेका छन् ।
तुलसीपुर क्षेत्रमा हुने गरेको जुवा, गुन्डागर्दी, लागुऔषधको कारोबार न्यूनिकरणको लागि प्रयास गर्ने उनले प्रतिबद्धता जाहेर गरेका थिए ।त्यस क्रममा पत्रकारहरुले नयाँ सरुवा भएका आएका डिएसपी पराजुलीलाई तुलसीपुर क्षेत्रको अवस्था, यस क्षेत्रका प्रमुख समस्या र गर्नु पर्ने कामहरुका बारेमा सुझावहरु दिएका थिए ।