नेभिगेशन
नेपाल प्रहरी

हराएका दुई थान मोबाइल फेला पारेर बर्दिया प्रहरीले बुझायो सम्बन्धित धनीलाई

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले हराएका दुई थान स्मार्ट फोन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ।

मोबाइल हराएको निवेदन पश्चात् खोजतलास गर्ने क्रममा बर्दिया प्रहरीले एक महिला र पुरुषको मोबाइल फेला पारेको हो। 

केही दिनको खोजतलासमा मोबाइल फेला पारिएपछि आज जिल्ला प्रहरी कार्यालय बर्दियामा मोबाइल धनीलाई मोबाइल बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्