नेभिगेशन
नेपाल प्रहरी

रिभल्वरसहित बिजय तामाङ प्रहरीको नियन्त्रणमा

काठमाडौं। प्रहरीले रिभल्वरसहिर एक जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ नयाँ बस्ती बस्ने काभ्रे बनेपा घर भएका २१ वर्षीय बिजय तामाङलाई रिभल्वरसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

बिजयलाई  रिभल्वर र  बिनेट १ थान सहित प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको हो।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त रिभल्वर फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले म्याद थप गर्व्र आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्