नेभिगेशन
नेपाल प्रहरी

बलात्कारको आरोपमा चार जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले बलात्कार आरोपमा विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ।  प्रहरी प्रधान कार्यालयका अनुसार १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुढीगंगा नगरपालिका-५ बस्ने ३० वर्षीय पारस शाहलाई  पक्राउ गरेको छ ।

पारसले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी टाँटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यसैगरी पाल्पामा २८ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रम्भा गाउँपालिका-४ बस्ने २६ वर्षीय विवेक बहादुर पाण्डे र रूपन्देही बुटवल उपमहानगरपालिका-११ बस्ने अर्घाखाँची मालारानी गाउँपालिका-६ घर भएका २६ वर्षीय अप्रिल घर्ती मगर रहेका छन् ।

उनीहरूले ती महिलालाई तानसेन नगरपालिका-४ होलाङ्दिस्थित होटल मनकामनामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

यस्तै सुर्खेतमा ४० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा लेकवेशी नगरपालिका-१० बस्ने १९ वर्षीय ललित खड्कालाई प्रहरीले पक्राउ गरेको हो । ललितले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

बलात्कार आरोपमा पक्राउ परेका चारै जनाविरुद्ध सम्बन्धित प्रहरीले कार्यालय आबश्यक अनुसन्धान अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्