नेभिगेशन
नेपाल प्रहरी

बाँके र बर्दियामा ब्राउन सुगरसहित तीन जना पक्राउ

काठमाडौं । बाँके र बर्दियामा प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

बाँकेको कोहलपुर नगरपालिका–१३ सिम्रीबाट ब्राउनसुगर ५ सय ३० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय समबहादुर नेपाली र २४ वर्षीय नवीन दमाई रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बाँके प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्तपरिमाणको ब्राउन सुगरसहित  पक्राउ गरेको हो ।

त्यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा भन्सार चोक नजिकबाट ५३० मिलिग्राम ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–८ ककौरा बस्ने २१ वर्षीय प्रबिन थारू रहेको बर्दिया प्रहरीले जनाएको छ।

प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले भारतको बलईगाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका थारूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

पक्राउ परेका तीनै जनामाथि सम्बन्धित प्रहरी कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्