नेभिगेशन
नेपाल प्रहरी

नागरिकले सुरक्षित अनुभूति गर्ने गरी प्रहरी परिचालन हुन सकेमात्र उचित परिणाम दिन सकिन्छ: एसपी जिसी

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले नागरिकले सुरक्षित अनुभूति गर्ने गरी प्रहरी परिचालन हुन सके मात्र त्यसले उचित परिणाम दिने बताएका छन्  ।

भर्खरै सरुवा भएर बाँकेको सुरक्षा कमाण्ड सम्हालेका जिसीले नागरिकले अनुभूति गर्ने गरी प्रहरीले सुरक्षा प्रदान गर्ने बताए ।  पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम" मा आज एसपी जिसीले चाडपर्व लक्षित सुरक्षा योजना लागू भइसकेको बताउँदै अपराध नियन्त्रणका लागि आफूहरु प्रतिबद्ध रहेको बताए । सबैले सुरक्षित साथ दशैं मान्ने वातावरण निर्माणका लागि सुरक्षा ब्यवस्था मिलाएको उनको भनाई छ । बाँकेमा ११ सय बढी प्रहरी परिचालन भएका छन् । 

उनले समाजमा शान्ति सुब्यवस्था र अमनचयन कायम गर्दै भयरसहित वातावरण निर्माणका लागि बाँके प्रहरी दत्तचित्त रहने उल्लेख गरे । जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र चोरीमा संलग्न चार जना पक्राउ परिसकेको जानकारी दिँदै प्रमाण संकलन गर्ने र आवश्यक प्रक्रिया अघि बढाउने काम भइरहेको जिसीले बताए ।  जिसीले अपराधीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने दृढता ब्यक्त गरे । उनले शान्ति सुब्यवस्था कायम गर्न तथा अपराध नियन्त्रणका लागि सञ्चार क्षेत्रसंग सहकार्य गर्ने बताए । साथै उनले कसैलाई विभेद नगरी समान ढंगले कार्य गर्ने जानकारी दिएका हुन् ।

एसपी जिसीले पत्रकारहरुलाई आग्रह गर्दै भने- "पत्रकार मित्रहरुले प्रहरीका राम्रा कार्य औल्याइदेको खण्डमा आम नागरिकले प्रहरीले गरेको कार्य बारेमा जानकारी पाउनुहुनेछ र प्रहरीप्रति विश्वास झन बढने छ भने प्रहरीका नकारात्मक कार्य बरेमा जानकारी गराए प्रहरी पनि सच्चिने मौका पाउछ।"  

कसैलाई भेदभाव नगरी भेदभावरहित ढंगले कार्य गर्ने बताउँदै एसपी जिसीले सोही अनुसार कार्य गर्न बाँकेभर रहेका प्रहरी कर्मचारीलाई निर्देशन दिइसकेको जानकारी दिए। साधन श्रोतको कमीमा बाबजुद जिल्लाको सुरक्षामा कुनै किसिमको कमी हुन नदिने उनले बताए।

सूचनाको सहज प्रसारका लागि आफू प्रतिबद्ध रहेको जिसीको भनाई छ । प्रहरीले भनसुनको भरमा काम गर्छ भन्ने मानसिकता त्याग्न आग्रह गर्दैै उनले प्रहरीले सिस्टमले काम गर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्