नेभिगेशन
नेपाल प्रहरी

बाँकेसहित विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं ।प्रहरीले लागुऔषधसहित विभिन्न स्थानबाट १६ जनालाई नियन्त्रणमा लिएको छ। जसअन्तर्गत प्रहरीले नेपालगंज उपमहानगरपालिका-१७ चौलिका चोकबाट ब्राउनसुगर  ४ ग्राम ८ सय ६० मिलिग्राम सहित भारत पिलिभित पुरनपुर घर बताउने २५ वर्षीय मोहम्मद नाजिम कुरेसी समेत २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

त्यसैगरि मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीबाट खैरो हेरोइन १ ग्राम १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय रविन माझी समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा उक्त पदार्थ राक्सिराङ गाउँपालिका-५ बस्ने २२ वर्षीय सोनम लामासँग खरिद गरी ल्याएको खुल्न आएपश्चात प्रहरीले सोनमलाई समेत पक्राउ गरेको छ । 

यसैगरी, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट ७ किलो २ ग्रान  गाँजा सहित पर्सा बहुदरमाई नगरपालिका-५ बस्ने २५ वर्षीय धर्बेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बाप्र०६-००१ ख ०३२३ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले दाङको घोराही उपमहानगरपालिका-८ सौडीबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम १ सय १० मिलिग्राम, ३ थान मोवाइल र नगद २० हजार २ सय १० रूपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० जलौरा बस्ने २५ वर्षीय निर्मल डाँगी र सोही उपमहानगरपालिका-१० बुधौरा चोक बस्ने २५ वर्षीय शरद घर्ती मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले रा४ प ५२६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बर्दियाको राजापुर नगरपालिका-४ सत्तिघाटबाट  ब्राउनसुगर २ ग्राम ८ सय ४० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली टीकापुर नगरपालिका-७ बेलुवा बस्ने ३३ वर्षीय रन्जित चौधरी र भजनी नगरपालिका-३ बस्ने १९ वर्षीय मेजर सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय राजापुरबाट  खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

लागुऔषधविरुद्धको कारबाहीम प्रहरीले पर्साको वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट खैरो हेरोइन जस्तो २ ग्राम ५ सय ३० मिलिग्राम सहित चितवन रत्ननगर नगरपालिका-८ बागमारा बस्ने २७ वर्षीय कैलाश कार्की समेत २ जनालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय बिर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कपिलवस्तुको शिवराज नगरपालिका-६ धर्मनगरबाट अवैध लागूऔषध गाँजा ८ किलो ७ सय ६० ग्राम र नगद ८ हजार २ सय २४ रूपैयाँ सहित सोही ठाउँ बस्ने ६० वर्षीय गोपाल कुर्मी चौधरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिरपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

लागुऔषधसहित पक्राउ परेकाहरु विरुद्ध सम्बन्धित प्रहरीले कार्यालयले आबश्यक अनुसन्धान अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्