नेभिगेशन
नेपाल प्रहरी

सामाजिक सद्भाव भड्काउने कार्य गरे कारबाही हुन्छ: बाँके प्रहरी

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न धर्म र सम्प्रदायहरुबीच सामाजिक सद्भाव भड्काउने प्रकृतिका कार्य नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ। 

बाँके प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव भड्काउने खालका स्टाटस पोस्ट गर्ने, सेयर गर्ने, भ्रामक सूचना एवं समाचारहरुको प्रकाशन, प्रशारण गर्ने, समाजमा अशान्ती फैलाउने, द्वन्दको अवस्था सृजना गर्ने कार्य भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

त्यस्ता कार्य गर्ने, गराउने जो कोहिलाई कानून सम्मत कारवाही हुने व्यवहोरा जानकारी गराउदै समाजमा शान्ती, सुरक्षा र सुव्यवस्था कायम राख्दै सामाजिक सद्भाव बिग्रन नदिने कार्यमा सहयोग गर्न हुन सम्पूर्ण नागरिक समाजलाई जिल्ला प्रहरी कार्यालय बाँकेले हार्दिक अनुरोध गरेको छ।

बाँके प्रहरीको जारी विज्ञप्ति-

"वर्तमान संक्रमणकालीन समयको अनुचित फाइदा उठाउने अभिप्रायका साथ केहि व्यक्ति एवं समूहले सामाजिक सञ्जाल र संचार माध्यमहरुबाट विभिन्न धर्म र सम्प्रदायहरु बिच सद्भाव भड्काउने प्रकृतिका स्टाटस पोस्ट गर्ने, सेयर गर्ने, भ्रामक सूचना एवं समाचारहरुको प्रकाशन, प्रशारण गर्ने, समाजमा अशान्ती फैलाउने, द्वन्दको अवस्था सृजना गर्ने, दंगा निम्त्याउन खोज्ने जस्ता कार्यहरु भइरहेको पाइएको हुँदा सो सम्बन्धमा यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ । माथी उल्लेखित कार्य गर्ने, गराउने जो कोहिलाई कानून सम्मत कारवाहि हुने व्यवहोरा जानकारी गराउदै समाजमा शान्ती, सुरक्षा र सुव्यवस्था कायम राख्दै सामाजिक सद्भाव बिग्रन नदिने कार्यमा सहयोग गर्न हुन सम्पूर्ण नागरिक समाजलाई हार्दिक अनुरोध गर्दछौ ।"

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्