नेभिगेशन
नेपाल प्रहरी

आफ्नै आमाको हत्या आरोपमा ३० वर्षीय छोरा यमबहादुर पक्राउ

काठमाडौं । आफ्नै आमाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ थापाकटेरीमा ५५ वर्षीया राममाया कँडेलको हत्या गरेको आरोपमा ३० वर्षीय  छोरा यमबहादुरलाई पक्राउ गरेको हो।

धादिङ प्रहरीका अनुसार यमबहादुरले धारिलो हतियार प्रहार गरी आमा राममायाको हत्या गरेका हुन् ।हत्या गरेको खबरपछि जिल्लाबाट डिएसपी प्रकाश दाहालको टोली यमबहादुरलाई हतियारसहित पक्राउ गरेको धादिङ प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका यमबहादुरसँग घटनाबारेमा थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्