नेभिगेशन
नेपाल प्रहरी

बाँकेको गंगारामपुरूवाबाट ब्राउन सुगरसहित २४ वर्षीय युवक प्रहरीको नियन्त्रणमा

बाँके। बाँकेबाट प्रहरीले ब्राउन सुगरसहित २४ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकका अनुसार  नेपालगन्ज उपमहानगरपालिका-२१ गंगारामपुरूवाबाट २ ग्राम १९० मिलिग्राम  ब्राउनसुगर सहित सोही ठाउँ बस्ने २४ वर्षीय सोनु अलीलाई पक्राउ गरिएको हो । 

प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्