नेभिगेशन
सुरक्षा विशेष

आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई महेश बस्नेतको चुनौती

काठमाडौँ । महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन् ।नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका हुन् । 

एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साइबर व्यूरोमा बयान दिएलगत्तै आज उनले पत्रकार सम्मेलन गरी आफूलाई समातेर देखाउन सरकारलाई चुनौती दिएका हुन् ।

नेता बस्नेतले आफूहरूले अब डिजिटल फोर्स गठन गरेर जेन-जी आन्दोलनको नाममा भएका आगजनी, लुटपाट र हत्याको खोजीका लागि सरकारसँग प्रहरीमा जाहेरी दिने चेतावनी दिए ।  

उनले भने, ‘मलाई समातेर देखाउनुस् । विधिको पक्षमा, लोकतन्त्रको पक्षमा लड्नेहरु देश र जनताको पक्षमा जेल जान आफू तयार भए पनि कसैले लगाएको आरोप सह्य हुँदैन । जेन-जी सरकारले आगजनी, लुटपाट र हत्या संलग्नलाई कारबाहीको दायरामा ल्याओस् ।’

नेता बस्नेतले सरकारले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनमाथि पनि शंका उत्पन्न भएको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्