नेभिगेशन
नेपाल प्रहरी

बढैयातालको फुटाहाबाट ब्राउन सुगरसहित दुई युवक बर्दिया प्रहरीको नियन्त्रणमा

बर्दिया। बर्दियाको बढैयातालबाट ब्राउन सुगरसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार बढैयाताल गाउँपालिका-२ फुटाहा ४ नम्बर चोकबाट १ ग्राम ३६० मिलिग्राम ब्राउनसुगरसहित गुलरिया नगरपालिका-१२ का २१ वर्षीय आशिष चौधरी र बाँकेको कोहलपुर-२ बर्दहवाका १९ वर्षीीय दिपेश थारुलाई पक्राउ गरिएको हो।

प्रहरीले उनीहरुको साथबाट ब्राउन सुगरसहित ५ हजार ५० रुपैयाँ नगदसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय मैनापोखरले म्याद थप गरेर आबश्यक अनुसन्धान सुरु गरेको बर्दिया प्रहरीले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्