नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जको जुवाखालबाट १४ हाइप्रोफाइल जुवाडे साढे १३ लाखसहित पक्राउ

बाँके प्रहरी प्रमुखको सक्रियताले पक्राउ परेका हुन् १४ जुवाडे

नेपालगन्ज । बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीको सक्रियताले नेपालगन्जस्थित एक ठुलो जुवाखालबाट  एक दर्जनबढी हाइप्रोफाइल जुवाडेहरुलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेबाट एसपी जिसीको निर्देशनमा इन्स्पेक्टर याम बहादुर बुढामगरको कमाण्डमा गएको टोलीले गए राति ११ बजे नेपालगन्ज-बाइपासस्थित रहेको मौरी रेस्टुरेन्टको जुवाखालबाट बाँकेका हाइप्रोफाइल जुवाडेहरुलाई साढे १३ लाख रुपैयाँ बढीसहित पक्राउ गरेको हो। 

मौरी रेस्टुरेन्टको दोस्रो तलाको एक कोठामा ठुलो धनराशीसहित जुवा भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेको थियो।

प्रहरीले जुवाखालबाट १३ लाख ६३ हजार ८ सय रुपैयाँ र खोलिएका ८ र  नखोलिएका दुई गडडी तास समेत बरामद गरेको बाँके प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका सबै जुवाडेहरुलाई आज थप जुवा ऐन कसुरमा अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय बाँके  उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जुवाखालबाट पक्राउ पर्नेहरुमा बिज्ञान श्रेष्ठ,गणेश बस्नेत(हेर्न गएका) ,सेताज अन्सारी,ऋषि गुप्ता,तरुण गौतम,बिनोद खड्का,सफिक बेहना( हेर्न गएका),संगम शाह, मधुसुधन दाहाल,मेघराज गौतम, नेपाल प्रहरीका वरिष्ठ सई रमेश शाही, भागिरथ यादव, नन्दलाल यादव  र सुमन केसी रहेका छन् ।

स्थानीय श्रोतका अनुसार नेपालगन्ज बसपार्कस्थित प्रहरी युनिटको संरक्षणमा उक्त जुवा सन्चालन गरिएको आरोप छ।

यस्तो पक्राउ पर्नेको पूर्ण विवरण-

१- जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ न्यूरोड बस्ने बर्ष २८ को बिज्ञान श्रेष्ठ ९८०४५५४९७८

२- ऐ.ऐ.वडा नं.१० मुक्तीपुर बस्ने बर्ष ३६ को गणेश बस्नेत-९८२२००५८२५

३- ऐ.ऐ.वडा नं.१६ जयसपुर बस्ने वर्ष ४६ को सेताज अन्सारी- ९८६३२५८४५५

४- ऐ.ऐ.वडा नं.९ त्रिभुवनचोक बस्ने बर्ष २४ को ऋषि गुप्ता- ९८१४५८०३८९

५- ऐ.ऐ.वडा नं.४ बसपार्क बस्ने बर्ष ५२ को तरूण गौतम-९८४८०२००१६

६- ऐ.ऐ.वडा नं.१२ कोरियनपुर बस्ने बर्ष ३७ को बिनोद खड्‌का-९८५८०३७१६०

७- ऐ.ऐ.वडा नं.४ बसपार्क बस्ने बर्ष ४८ को मोहम्मद सफिक बेहना- ९८५८०३००३८

८- ऐ.ऐ.वडा नं.१८ कारकाँदो बस्ने बर्ष ४७ को संगम शाह- ९८५१०३०३१५

९- ऐ.ऐ.वडा नं.४ बसपार्क बस्ने बर्ष ५० को मधुसुधन दहाल ९८५८०२०४२२

१०-ऐ.ऐ. बसपार्क बस्ने बर्ष ४५ को मेघराज गौतम-९८५८०५०२९८

११-ऐ.ऐ.वडा नं. १ धम्बोजी बस्ने बर्ष ४५ को रमेश शाही-९८५८०२५०९९

१२-जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. ११ पिपलचौतारा बस्ने बर्ष ३८ को भागिरथ यादब-९८४४८६७२९४

१३-ऐ.ऐ.वडा नं. ९ झण्डहवा बस्ने बर्ष ४२ को नन्दलाल यादब-१८२७२६१६८६

१४-ऐ.ऐ.वडा नं. २ लक्ष्मणपुर बस्ने बर्ष ४० को सुमन के.सी.-९८६५५८४०००

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्