नेभिगेशन
सुरक्षा विशेष

तीन वटै सुरक्षा निकायसँग गृहमन्त्रीले गरे छलफल

काठमाडौं । देशका सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्री ओमप्रकाश अर्यालले छलफल गरेका छन् । 

गृहमन्त्री अर्यालले आज  नेपाल प्रहरी प्रमुख आईजीपी  चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपाल प्रमुख आईजीपी राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरुसँग छलफल गरेका हुन् । 

सिंहदरबारस्थित मन्त्रालयमा गृहमन्त्री अर्यालले पछिल्लो राजनीति घटनाक्रम लगायत विपद् व्यवस्थापनका बारेमा सुरक्षा प्रमुखसहित सेनाका प्रतिनिधिहरुसँग जानकारी लिएका हुन ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्