नेभिगेशन
नेपाल प्रहरी

गौरीघाटमा आफ्नै श्रीमतीको हत्या आरोपमा ३५ वर्षीय छिरिङ पक्राउ

काठमाडौं । प्रहरीले आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक युवकलाई  पक्राउ गरेको छ। काठमाडौं-७ गौरीघाटस्थित मिलनचोकमा डेरा गरी बस्दै आएकी ४० वर्षीया बिमला तामाङ भनिने अप्सराको हत्या आरोपमा ३५ वर्षीय छिरिङ भनेर चिनिने तेन्जिङ शेर्पालाई पक्राउ गरेको हो।

काठमाडौं प्रहरीका अनुसार संखुवासभाको खाँदबारी नगरपालिका-६ घर भएका विवादका क्रममा छिरिङले अप्सरालाई ढुङ्गाले हानेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको छ।

अप्सरा आइतबार दिउँसो आफ्नै डेरा कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। 

पक्राउ परेका छिरिङसँग हत्या घटनाका बारेमा प्रहरी वृत्त बौद्धले थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्