नेभिगेशन
नेपाल प्रहरी

बन्दुकसहित ४ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं। प्रहरीले बन्दुकसहित ४ जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौंको शंखरापुर नगरपालिका-१ बोजिनीबाट एक थान बन्दुक सहित ४ जनालाई  प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २६ वर्षीय रबिन लामा, २२ वर्षीय सुमन तामाङ, २४ वर्षीय सोनाम लामा र २४ वर्षीय संजय लामा रहेका छन् । 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीले जानकारी दिएको छ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्