नेभिगेशन
नेपाल प्रहरी

तुलसीपुरमा मोबाइल र नगद लुटपाटको आरोपमा दुई युवक पक्राउ

तुलसीपुर । तुलसीपुरमा  मोवाइल र नगद लुटपाट गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-१० बनगाउँका २६ बर्षीय होमबहादुर राना र २४ बषीय शंकर रेउले रहेका छन् ।

तुलसीपुर प्रहरीका अनुसार थप एक जना फरार छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरका अनुसार असोज २९ गते राति ९ बजेतिर राना र रेउलेले सल्यानको बागचौर नगरपालिका-९ का ३९ बर्षीय प्रेम डाँगीको मोवाइल र ८,४००  रुपैयाँ लुटपाट गरेका थिए ।

तुलसीपुर-५ न्यूरोडवाट डाँगीको मोवाइल र नगद रकम लुटपाट भएको थियो ।पक्राउ परेका दुई जना विरुद्ध डाँका चोरी मुद्दामा थप अनुसन्धान जारी रहेको तुलसीपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्