नेभिगेशन
नेपाल प्रहरी

एन्जल देउवा हत्या घटनामा उत्कृष्ट अनुसन्धान गर्ने इन्स्पेक्टर नवीन चापागाईं सम्मानित

बाँके ।  जिल्ला प्रहरी कार्यालय बर्दियाले इन्स्पेक्टर नवीन प्रकाश चापागाईंलाई प्रशंसापत्रले सम्मानित गरेको छ।

बर्दिया प्रहरी प्रमुख एसपी सरोज पौडेलले प्राप्त जिम्मेवारी तथा पदीय दायित्वलाई ईमान्दार, अनुशासित, बफादार तथा निरन्तर व्यवसायिक कर्तव्यनिष्ठ भई कार्यसम्पादन आउने क्रममा इन्स्पेक्टर चापागाईंलाई बालिका हत्या घटनामा उत्कृष्ट अनुसन्धान कार्य गरेका कारण प्रशंसा-पत्रले सम्मान गरेका हुन् ।

बर्दियाको गेरुवा गाउँपालिकामा असोज १७ गते हराएर  २० गते बालुवामा गाडिएको अवस्थामा मृत फेला परेकी १० वर्षीया बालिका एन्जल देउवाको हत्या घटनामा उत्कृष्ट अनुसन्धान पश्चात् हत्यामा संलग्नलाई बर्दिया प्रहरीले पक्राउ गरेको थियो। उक्त घटनामा सोही गाउँपालिका-५  मुलपानी बस्ने .२१ वर्षीय समिर सुनारलाई समेत इन्स्पेक्टर चापागाईं नेतृत्वको टोलीले पक्राउ गरेको हो। सोही घटनामा इन्स्पेक्टर चापागाईंबाट गरिएको उत्कृष्ट अनुसन्धानले बालिकाको शव भेटिएको एक दिनमै हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भएको भन्दै एसपी पौडेलले आइतबारदेखि प्रशंसा-पत्रले सम्मान गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयले केही दिनअघि गरेको इन्स्पेक्टरहरुको सरुवामा चापागाईंको इलाका प्रहरी कार्यालय धनौली बाँके सरुवा भएको छ। उनले आइतबार नै इप्रका धनौलीको कमाण्ड सम्हालिसकेका छन् ।

खजुरास्थित धनौली प्रहरीको इन्चार्जमा आइतबार  कार्यालय आइपुगेका  इन्स्पेक्टर चापागाईंको स्वागत गर्दै निवर्तमान इन्चार्ज इन्स्पेक्टर पुर्ण बहादुर केसीको बिदाइ गरिएको थियो।प्रहरी प्रधान कार्यालयको सरुवा अनुसार जिल्ला प्रहरी कार्यालय बर्दियाबाट इन्स्पेक्टर चापागाईंको धनौली र इन्स्पेक्टरको केसीको जिल्ला प्रहरी कार्यालय सल्यान सरुवा भएको हो।

धनौली प्रहरी कार्यालयको नयाँ इन्चार्ज बनेर आएका इन्स्पेक्टर चापागाईं अपराध अनुसन्धानमा अब्बल मानिन्छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्