नेभिगेशन
नेपाल प्रहरी

ढुङ्गाले हानेर श्रीमतीले गरिन् श्रीमानको हत्या,राधिका पक्राउ

काठमाडौं । आफ्नै श्रीमानको टाउकोमा ढुङ्गाले हानेर श्रीमतीले हत्या गरेकी छिन् । ५५ वर्षीय श्रीमान बुद्धसिं वाइबालाई घरायसी बिबादमा ४८ वर्षीया श्रीमती राधिका वाइबाले हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिका-६ पानीटंकीमा भएको घटनामा राधिकालाई पक्राउ गरिएको हो। घटना कात्तिक १ गते भएपनि उपचारका क्रममा आज बिहान राधिकाका श्रीमानको मृत्यु भएको हो।

टाउकोमा ढुङ्गा लागेर गम्भीर घाइते भएका बुद्धसिंलाई सिन्धुली अस्पतालबाट थप उपचारका लागि सोही दिन नै काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ। काठमाडौं ल्याइएका बुद्धसिंको थप उपचार नहुने भन्दै अस्पतालबाट घर फिर्ता गरिएको थियो।

अस्पतालबाट फिर्ता ल्याइएका बुद्धसिंलाई सप्तरीको कर्जन्हा नगरपालिका-५ स्थित ससुरालीमा राखिएको अवस्थामा आज बिहान उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले राधिकालाई हिरासतमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्